लकडाउनको अवधिमा चितवनमा ९७ जनाले गरे आत्महत्या

लोकखबर
२९ भाद्र २०७७, सोमबार १५:३२

मकवानपुर । लकडाउनको अवधिमा मात्रै चितवनमा ९७ जनाले आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार तीमध्ये गत चैत १२ देखि चालु आर्थिक बर्ष ०७७-०७८ को भदौ २४ गतेसम्म ६२ जना पुरुष , २५ जना महिला, ४ बालक र ६ बालिकाले आत्महत्या गरेका हुन् ।

आत्महत्या गर्नेमध्ये सबैभन्दा बढी ३१ देखि ५० वर्ष उमेर समूहका ३४ जना रहेका छन् । यस्तै १९ देखि ३० वर्ष उमेर समूहका २४ जना, ५० देखि ७० उमेर समूहका २२ जना, १८ वर्षभन्दा तलका १० जना र ७० वर्षभन्दा माथिका ७ जनाले आत्महत्या गरेको कार्यालयले जानकारी दिएको छ ।बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*