सुधीर थापाले दिए २४ जनालाई खाद्यान्न

मकवानपुर । मकवानपुरको हेटौंडा ५, सानोपोखरामा संचालन भइरहेको खाद्यान्न आदान प्रदान कार्यक्रममा आज गोल्डेन यातायात प्रालिका अध्यक्ष, सामाजिक अभियन्ता सुधीर थापाले खाद्यान्न सहयोग गरेका छन् ।
थापाले खाद्यान्न आदान प्रदान कार्य संचालन गरिरहेको सानोपोखरा युवा क्लवका सल्लाहकार विशालराज महतलाई २४ जनालाई पुग्ने खाद्यान्न हस्तान्तरण गरेका हुन् ।
खाद्यान्न हस्तान्तरण कार्यक्रममा गोल्डेन यातायात प्रा.लि.का व्यवस्थापक एवं नेकपा नगर कमिटी सदस्य शिव थापा, नेकपा हेटौंडा ५ नम्बर वडा कमिटी अध्यक्ष देवीप्रसाद गौतम, सचिव पदमबहादुर बजगाईं, नेकपा वडा इन्चार्ज सन्तोष पौडेल,सदस्य दिलबहादुर अधिकारी, टोल विकास संस्था, वडा समन्वय समिती अध्यक्ष देवीप्रसाद दाहाल लगायतको आतिथ्यता थियो ।
कोरोना भाइरसको माहामारीका कारण विहान बेलुकाको छाक टार्न समस्या भोग्न बाध्य भइरहेकालाई खाद्यान्न सहयोग गर्ने अभियानमा आफूले सकेको सहयोग गर्न पाउँदा खुशी लागेको थापाले बताए ।