मकवानपुर प्रहरीलाई पार्वती रानाद्वारा सेनिटाइजर तथा माक्स सहयोग

लोकखबर
२९ भाद्र २०७७, सोमबार २१:४९

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाका उपाध्यक्ष तथा अखिल नेपाल महिला संघ मकवानपुरका अध्यक्ष, सहकारी अभियन्ता पार्वती रानाले मकवानपुर प्रहरीलाई गुणस्तरिय सेनिटाइजर, सर्जिकल माक्स सहयोग गरेकी छिन् ।

कोरोना माहामारीमा जोखिममा रहेर पनि उच्च मनोबलका साथ काममा सक्रिय सुरक्षाकर्मीको सुरक्षाको लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री मकवानपुर प्रहरीले प्रदान गरिएको हो ।

रानाले सर्जिकल माक्स ६ सय थान, केएन ९५ माक्स सय थान, सेनिटाइजर ५ लिटरको एक जर्किन र पाँच सय एमएलको दुई भाँडा मकवानपुरका प्रहरी प्रहरी प्रमुख सुशीलसिंह राठौरलाई हस्तान्तरण गरिएको हस्तान्तरण कार्यमा सहभागी बनेका विश्व राईले जानकारी दिए ।
कोरोनाको जोखिममा आफ्नो ड्युटीमा अहोरात्र खटिएका सुरक्षाकर्मीलाई अझै लागिरहन् हौसला मिलोस भन्ने सोचले माक्स तथा सेनिटाइर सहयोग गरिएको राईले बताए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*