हेटौंडामा एकाविहानै भूकम्प धक्का महसुस

लोकखबर
३१ भाद्र २०७७, बुधबार ०६:२४

मकवानपुर । आज (बुधबार) एकाविहानै मकवानपुरको हेटौंडामा भूकम्पको धक्का महसुस गरिएको छ । विहान करिब ५ बजेर १९ मिनेटमा भूकम्पको धक्का महशुस भएको हो ।
सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको बताइएको छ ।
विहानै अधिकांश मानिस घरभित्रै सुतिरहेको अवस्थामा भूकम्प आएको हो । भूकम्पबाट के कति क्षति भयो भन्ने जानकारी प्राप्त भइसकेको छैन ।
नेपालमा वि.सं.२०७२ मा विनासकारी भूकम्प गएपछि त्यसको परकम्प धक्का पटक-पटक महसुस हुँदै आएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.


*