मौसम अपडेट :

मकवानपुर लगायत देशभर हल्कादेखि मध्यम वर्षा हुने

लोकखबर
३१ भाद्र २०७७, बुधबार ०७:२३

मकवानपुर । आज (बुधबार) मकवानपुर लगायत देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ् सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पनि प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरु मेघगर्जन र चट्याङ सहित हल्का वर्षा भइरहेको छ ।

प्रदेश १ र प्रदेश ५ का एक-दुई स्थानमा भारी वर्षा भईरहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ भने बंगालको खाडीनजिक एउटा न्युनचापीय क्षेत्र रहेको छ ।

प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*