बलात्कारीलाई कारवाही माग्दा नपाएपछि किशोरीले गरिन् आत्महत्या
मकवानपुर । बलात्कारीलाई कारावही माग गर्दै उजुरी दिन नपाएपछि सप्तरीमा एक किशोरीले आत्महत्या गरेकी छिन् ।
बलात्कारीलाई कारवाही गरी न्याय पाउँ भनेर प्रहरीकोमा उजुरी गर्न गाउँलेहरूले नै रोक लगाएपछि डाकनेश्वरी नगरपालिका- ७ ललितपुरकी १७ वर्षीया किशोरीले आत्महत्या गरेको सप्तरी प्रहरीको भनाई छ ।
सोमबार बिहान धानखेतमा पानीको अवस्था हेर्न गएकी किशोरीमाथि सामूहिक बलात्कार भएको पीडितकी आमाले बताएकी छिन् । उनका अनुसार आरोपित चार जनाविरुद्ध प्रहरी कार्यालय जान खोज्दा केही गाउँलेले भेला बसी उनीहरुलाई रोकेपछि किशोरी निकै तनावमा परेकी थिइन् ।
गाउँका पञ्चहरूको निणर्यबाट चित्त नबुझेपछि किशोरीले पीडा सहन नसकी आत्महत्या गरेको घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक सन्तोष खडकाले जानकारी दिए ।