किन बढ्यो प्याजको मूल्य ?

लोकखबर
३१ भाद्र २०७७, बुधबार ०९:२२

मकवानपुर । बजारमा प्याजको भाउ आकाशिए पछि उपभोक्ता मारमा परेका छन् । प्रतिकिलो ४० रुपैंया रहेको प्याज अहिले सय रुपैंया नाघेको छ ।

दैनिक भान्छामा प्रयोग हुने पाज भारतबाट नेपाल आउँन छाडेपछि भाउ बढेको हो । भारत सरकारले प्याजको निर्यात रोकेपछि त्यसको असर नेपाली बजार तथा उपभोक्तामा परेको हो । भारतले निर्यातमा रोक लगाएका कारण प्याजको मूल्य एक सातामै दोब्बर हुन पुगेको प्याज व्यवसायीले बताएका छन् ।

भारत सरकारले निर्यात रोकेपछि बजारमा अभाव हुने आशंकाले व्यापारीले प्याज लुकाउने तथा उपभोक्ताले अनावश्यक सञ्चित गर्न थालेपछि प्याजको मूल्य आकाशिएको हो । ‘एक साताअघि प्रतिकेजी ४० रुपैयाँ रहेको प्याजको मूल्य बढेर अहिले एक सय रुपैयाँसम्म पुगेको छ । ’ एक प्याज व्यापारीले भने, ‘ थोरै नाफा राखेर बिक्री गर्दा मात्रै पनि सातामै दोब्बर भाउ बढ्न पुग्यो । ’

प्याजको मूल्य बढेसंगै बजारमा अभावसमेत हुन थालेको पाइएको छ । भन्सार विभागका अनुसार भारतले अहिले प्याज निर्यात रोकेको छ ।

यही भदौ २९ गतेबाट भारतबाट नेपालमा प्याज आउँन रोकिएको छ । उत्पादन कम भएपछि प्याज निर्यात रोक्ने गरेको भारतको निणर्यबाट नेपाली उपभोक्ताले प्याजको मूल्य बढी तिर्न बाध्य हुनु परेको छ ।
भारत सरकारले यसअघि सन् २०१९ मा प्याजको निर्यात बन्द गरेको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*