कास्कीका २९ सहित गण्डकी प्रदेशमा थपिए ५० कोरोना संक्रमित

लोकखबर
३१ भाद्र २०७७, बुधबार ११:३६

मकवानपुर । गण्डकी प्रदेशमा थप ५० जना कोरोना संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा आज थप ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितहरुमा कास्कीका २९ जना छन्, जसमा २८ जना पोखरा महानगरपालिकाका हुन् । यसैगरी गोरखाका १३ जना, तनहुँका ५ जना र बाग्लुङका ३ जना रहेको स्वास्थ्य निर्देशनालय कास्कीले जनाएको छ ।

बिहान ५० थपिएसँगै गण्डकीमा अहिलेसम्म संक्रमितको संख्या ३१६६ पुुगेको छ ।

अहिलेसम्म प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १८९५ रहेको छ भने निको हुने दर ५९.९ प्रतिशत रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*