लामो दूरीको यातायात खुलेपछि बसपार्कमा चहलपहल
मकवानपुर । सरकारले लामो दूरीको यातायात आजदेखि सुचारु गरेको छ। लामो दुरीका यातायात खुलेसँगै यातायात व्यवसायीहरुले सेवा सुचारु गर्न तयारी थालेका छन् ।
राजधानीस्थित नयाँ बसपार्कमा केही यात्रुहरु टिकट काट्न आएका छन्। तर, गाडीहरु उपलब्ध नहुँदा टिकट नै नकाटी घर फर्किनु परेको छ।
बसपार्कमा कममात्र सवारी साधन हुँदा टिकट वितरण गर्न नसकिएको व्यवसायीहरुले बताएका छन् ।
भोलिसम्म देशका सबै क्षेत्रबाट गाडीहरु आइपुग्ने भएकाले शुक्रबार वा शनिबारबाट सहज सेवा उपलब्ध गराउने उनीहरुले बताएका छन् ।खबरहब डटकमबाट