२४ घण्टामा विश्वमा कोरोनाले ६ हजारको मृत्यु

लोकखबर
२ आश्विन २०७७, शुक्रबार १०:४९

मकवानपुर । पछिल्लो २४ घण्टामा कोरोनाका कारण विश्वमा ६ हजार ५७ जनाको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार अघिल्लो २४ घण्टामा ४ हजार ५२० कोरोना संक्रमितको मृत्यु भएको थियो ।

विश्व स्वास्थ्य संगठनका अनुसार २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ९ लाख ३७ हजार ३९१ जनाको मृत्यु भइसकेको छ ।

संक्रमितको संख्या २ करोड ९७ लाख ३७ हजार ४५३ पुगेको छ । बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.


*