ताप्लेजुङ र कोहलपुरमा सानिमा बैंकको शाखा
मकवानपुर । सानिमा बैंकले ताप्लेजुङ र कोहलपुरमा शाखा खालेको छ । बैंकले आफ्नो ८१औं र ८२औं शाखा कार्यालय स्थापना गरी सेवा विस्तार गरेको हो ।
ताप्लेजुङको फुङलिङ ५ मा स्थापित शाखा उद्घाटन नगरपालिकाका मेयर क्षेत्रपति प्याकुरेल र ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी जरेन्द्र चापागाईंले संयुक्त रुपमा गरे ।
यसैगरी बाँकेको कोहलपुर ११, एनटीभी रोडमा स्थापित नयाँ शाखाको उद्घाटन नगरपालिकाका मेयर लुटबहादुर राउत र कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्रबहादुर अधिकारीले संयुक्त रुपमा गरे ।बाह्रखरी डटकमबाट