फिफा कंग्रेस आज

लोकखबर
२ आश्विन २०७७, शुक्रबार १४:०१

मकवानपुर ।विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) को साधारणसभा बैठक (कंग्रेस) आज (शुक्रबार) हुँदै छ । फिफाले ७०औँ साधारण सभा आज गर्न लागेको हो ।

कोरोना भाइरसको महामारीका कारण फिफाले पहिलोपटक साधारणसभा ‘भर्चुअल’ रुपमा सञ्चालन गर्न लागेको हो ।

फिफाका सदस्य राष्ट्रका प्रतिनिधिका रुपमा रहेको नेपालबाट साधारणसभामा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पासहित, उपाध्यक्ष कृष्ण थापा र रवीन्द्र जोशी सहभागी हुनेछ । साधारणसभा नेपाली समयअनुसार साँझ पौने ७ बजे सुरु हुनेछ ।

साधारणसभामा विभिन्‍न रिपोर्ट पेस गर्नेसहित विधान संशोधन, बजेटलगायतका एजेन्डा तय गरिएका छन् । बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*