जनकपुर आइपुग्यो नेपाली रेल

लोकखबर
२ आश्विन २०७७, शुक्रबार १५:२९

मकवानपुर । नेपाल सरकारले खरिद गरेको रेल जनकपुर आइपुगेको छ । जयनगरबाट हिँडेर शुक्रबार अपराह्‍न २ बजे जनकपुर आइपुगेको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए ।

रेल जनकपुर-जयनगर चल्नेछ ।

मिश्रले सामाजिक सञ्जालमा उपलब्ध गराएको भिडियोमा रेल हेर्न आइपुगेका सर्वसाधारणको ठूलो भिड देख्‍न सकिन्छ ।

जनकपुर-जयनगर रेलको लिक न्यारोगेजबाट ब्रोडगेज बनाएपछि रेल पनि सोहीअनुसारको खरिद गरिएको हो ।बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *