चितवनमा थप ८ जनामा कोरोना भाइरसको संक्रमण
मकवानपुर । चितवनमा थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पतालको कोभिड -१९ ल्यावमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका ७ जना चितवनका र एक जना नवलपुरका छन् ।
भरतपुर अस्पतालले शनिबार राति सार्वजनिक गरेको विवरणअनुसार भरतपुरका ७ पुरूष र नवलपुरका एक पुरूषमा संक्रमण पुष्टि भएको हो । संक्रमितहरू ४० देखि ६७ वर्षसम्मका छन् ।
खबरहब डटकमबाट