नेकपा सचिवालय बैठक पेरिसडाँडामा सुरू, सुरक्षा व्यवस्था कडा
मकवानपुर ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरू भएको छ । पूर्वमाओवादी पार्टीको कार्यालय रहेको पेरिसडाँडामा आजको सचिवालय बैठक सुरू भएको हो । नेकपा कार्यालय रहेको पेरिसडाँडाको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
यसअघि बसेको स्थायी कमिटीको बैठकले अध्यक्ष पुष्पकमल दाहाललाई कार्यकारीको भूमिका प्रदान गरे पनि निर्णय भने दुवै अध्यक्षको सहमतिका आधारमा मात्रै हुनेछ । बाह्रखरी डटकमबाट