कोरोना संक्रमणबाट नेपाली सेनाका जवानको मृत्यु

लोकखबर
४ आश्विन २०७७, आईतवार १२:२२

मकवानपुर ।कोरोना संक्रमणबाट पहिलोपटक सुरक्षा निकायका एकजनाको मृत्यु भएको छ । काठमाडौं उपत्यकामा कार्यरत रामेछापका एक ३४ वर्षीय सैनिक जवानको मृत्यु भएको हो ।

नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार ‘ब्‍लड क्यान्सर’का बिरामीसमेत रहेका ती जवानको भदौ २९ गते मृत्यु भएको थियो ।

मृत्युपछि असोज १ गते उनमा कोरोना पोजेटिभ भएको रिपोर्ट आएको प्रवक्ता पौडेलले बताए । उनले भने, “हामीले पनि ढिलो गरी जानकारी पायौं । मृतक सैनिकमा पहिले नै ‘ब्‍लड क्यान्सर’ थियो । उपचारकै क्रममा उनको मृत्यु भएपछि कोरोना पोजेटिभ पाइएको हो ।”

बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*