किंग्स इलेभेनसँग भिड्दै सन्दीप लामिछाने आबद्ध दिल्ली

मकवानपुर ।इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) अन्तर्गत आज (आइतबार) एक खेल हुँदै छ । आईपीएलको दोस्रो खेलमा आज दिल्ली क्यापिटल्स र किंग्स इलेभेन पन्जाबबीच प्रतिस्पर्धा हुँदै छ ।
दुई टोलीबीचको खेल नेपाली समयअनुसार साँझ ७:४५ बजे सुरु हुनेछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछाने सम्मिलित टिमले सिजनको पहिलो खेल खेल्न लागेको हो ।
आजको खेलमा दुवै टोली जित निकाल्दै आईपीएलमा यो सिजन सुखद सुरुवात गर्ने योजनामा छन् । दिल्ली यो सिजन आईपीएलको उपाधि दाबेदारका रुपमा हेरिएको छ । सन्दीपले दिल्लीको पहिलो खेलमा प्लेइङ सेटमा स्थान बनाउन सक्लान् या नसक्लान् भन्ने सर्वत्र चासो छ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेलेर यूएई पुगेका सन्दीप ६ दिनको क्वारेन्टिनमा बसेर एक दिन मात्र प्रशिक्षणमा सहभागिता जनाएका छन् ।
त्यसैले दिल्लीको पहिलो खेलमा सन्दीप खेल्ने सम्भावना धेरै रहेको क्रिक इन्फोले लेखेको छ । क्रिक इन्फोले बनाएको चार्टमा दिल्लीको अन्तिम ११ मा सन्दीपलाई प्राथामिकतामा राखेको छ । दिल्लीमा सन्दीपसहित रविचन्द्रन आश्विन, अमित मिश्रा र अक्षर पटेलजस्ता अनुभवी स्पिनर छन् ।
स्पिनिरहरुका लागि उपयुक्त भएको यूएईको मैदानमा दिल्लीले सकारात्मक नतिजा देखिने आकलन गरिएको छ । यता पन्जाब पनि आजको खेलमा जित निकाल्दै सिजनको राम्रो सुरुवात गर्ने योजनामा छ । बाह्रखरी डटकमबाट