उपत्यकामा कोरोना संक्रमितको संख्या साढे १५ हजार नाघ्यो
मकवानपुर ।काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा दुई हजार ५८ जना कोरोना संक्रमित उपचाररत छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तथ्यांकअनुसार उपत्यका(काठमाडौं, भक्तपुर र ललितपुर) का आइसोलेसनमा एक हजार ९१५ जना, आईसीयूमा ११० र भेन्टिलेटरमा ३३ जना उपचाररत छन् । उपत्यकामा कोरोना संक्रमितको संख्या १५ हजार ८४९ जना पुगेको छ । काठमाडौंमा १३ हजार १४, भक्तपुरमा एक हजार ३५१ र ललितपुरमा एक हजार ४८४ जना छन् ।
कोरोनाको सक्रिय संक्रमित सात हजार ८५५ जना छन् । जसमध्ये काठमाडौंमा ६ हजार ६०६ जना, भक्तपुरमा ६६५ जना र ललितपुरमा ५८४ जना छन् । उनीहरू संस्थागत, होम आइसोलेसन र अस्पतालमा रहेको मन्त्रालयले जनाएको छ ।
कुन अस्पतालमा कति कोरोना संक्रमित उपचाररत
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ५३ जना कोरोना संक्रमित उपचाररत छन् । जसमध्ये आइसोलेमा ३०, आईसीयूमा १८ र भेन्टिलेटरमा ५ जना उपचाररत छन् ।
बलम्बुस्थित नेपाल प्रहरी अस्पतालमा १५९ जना संक्रमित उपचाररत छन् । जसमा आइसोलेसनमा १४३, आईसीयूमा ११ र भेन्टिलेटरमा ५ जना छन् । त्रिवि शिक्षण अस्पतालमा ८७ संक्रमित उपचाररत छन् । जसमा आइसोलेसनमा ७८, आईसीयूमा ६ र भेन्टिलेटरमा ३ जना छन् ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ९५ संक्रमित उपचाररत छन् । जसमध्ये आइसोलेसनमा ८८, आईसीयूमा ६ र एकजना भेन्टिलेटरमा उपचाररत छन् । कीर्तिपुर आयुर्वेदिक अस्पताल १७० जना आइसोलेसनमा उपचाररत छन् । काठमाडौं मेडिकल कलेज (केएमसी) दुवाकोटमा ६७ जना उपचाररत छन् । जसमा आइसोलेसनमा ६२, आईसीयूमा ३ र भेन्टिलेटरमा दुईजना छन् ।
धुलिखेल अस्पतालमा ३३ जना कोरोना संक्रमित उपचाररत छन् । जसमा, आइसोलेसनमा २९, आईसीयूमा एक र भेन्टिलेटरमा तीनजना छन् । वीरेन्द्र अस्पतालमा जम्मा ९० जना संक्रमित उपचाररत छन् । जसमध्ये आइसोलेसनमा ७२ जना र आइसीयूमा १८ जना छन् ।
नेपाल प्रहरी अस्पतालमा ४४६ संक्रमित उपचाररत छन् । तीमध्ये आइसोलेसनमा ४४२ र आईसीयूमा चारजना छन् ।
वीर अस्पतालमा १०१ जना कोरोना संक्रमित उपचाररत छन् । आइसोलेसनमा ९२ जना, आईसीयूमा आठ र भेन्टिलेटरमा एकजना उपचाररत छन् । स्टार अस्पतालमा २२ संक्रमित उपचाररत छन् । जसमा आइसोलेसनमा १८, आईसीयूमा दुई र भेन्टिलेटरमा दुईजना छन् ।
भक्तपुर अस्पतालमा आइसोलेसनमा १३, खरिपाटी आइसोलेसनमा ८०, कान्ति बाल अस्पतालमा दुईजना आइसोलेसनमा, स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्रको आइसोलेसनमा दुईजना, इचंगुनारायण आइसोलेसन रानीवनमा ४३२ जना, शिर मेमोरियल एडभेन्टिस्ट अस्पताल ६ जना र महेश मनमोहन अस्पतालको आइसोलेसनमा ६१ जना कोरोना संक्रमित उपचाररत छन् ।
ग्रान्डी अस्पतालमा २२ जना उपचाररत छन् । जसमा आइसोलेसनमा १३, आईसीयूमा चार र भेन्टिलेटरमा पाँचजना उपचाररत छन् । मेघा अस्पतालमा ४८ जना उपचाररत छन् । जसमध्ये आइसोलेसनमा ४०, आईसीयूमा सात र भेन्टिलेटरमा एकजना उपचाररत छन् ।
ह्याम्समा ४३ संक्रमित उपचाररत छन् । जसमा आइसोलेसनमा २७, आईसीयूमा १३ र भेन्टिलेटरमा तीनजना छन् । नर्भिक अस्पतालमा २६ संक्रमित उपचाररत छन् । जसमध्ये १५ जना आइसोलेसनमा, आइसीयूमा ९ र भेन्टिलेटरमा दुईजना उपचाररत छन् ।
देशैभर कोरोना संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ । कोरोना निको हुनेको संख्या ४५ हजार २६७ पुगेको मन्त्रालयले जनाएको छ । बाह्रखरी डटकमबाट