नेपालगञ्ज कारागारका कोरोना संक्रमित कैदीको भेरी अस्पतालमा मृत्यु

लोकखबर
५ आश्विन २०७७, सोमबार १०:४९

मकवानपुर । नेपालगञ्ज कारागारका कोरोना संक्रमित कैदीको मृत्यु भएको छ ।

कर्तव्य ज्यान मुद्दामा नेपालगञ्ज कारागारमा सजाय काटिरहेका सुर्खेत गुर्भाकोट नगरपालिका-४, सहारेका ५८ वर्षीय कैदीको आज बिहान ६.२५ बजे मृत्यु भएको हो।

 

सुर्खेत कारागारबाट नेपालगञ्ज सारिएका उनमा यही भदौ २१ गते कोरोना पुष्टि भएपछि २२ गतेदेखि भेरी अस्पतालमा भर्ना गरिएको थियो ।

भेरी अस्पतालले उपचारारत उनमा दम बढेपछि आज बिहान ६ बजेर २५ मिनेटमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*