सुनको मूल्य तोलाको २ सय रुपैयाँले बढ्यो, चाँदीको भाउ कति ?

लोकखबर
५ आश्विन २०७७, सोमबार ११:३१

मकवानपुर । सुनको मूल्य तोलाको दुई सय रुपैयाँले बढेको छ । आइतबार प्रतितोला ९७ हजार रुपैयाँमा किनबेच भएको छापावाल सुनको मूल्य सोमबारका लागि ९७ हजार २ सय कायम भएको छ ।

छापावाल सुन बढ्दा तेजाबी सुन पनि तोलाको दुई सय रुपैयाँ महँगिएर ९६ हजार ७ सय पुगेको छ । चाँदी तोलाको ५ रुपैयाँ महँगो बनेर १३ सय २० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.


*