कोरोना परीक्षण गराउनेको टेकु अस्पतालमा भीड, कायम भएन सामाजिक दूरी

लोकखबर
५ आश्विन २०७७, सोमबार १६:२३

मकवानपुर । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोरोना भाइरस परीक्षण गर्न जानेको संख्या झनै बढेको छ ।
उपत्यका प्रवेशमा खुल्ला गरेपछि राजधानी आउने सर्वसाधारणको संख्या बढेको छ । उपत्यकाभित्रै संक्रमितको संख्यामा बृद्धि भएसंगै कोरोना जाँच गराउनेको संख्या पनि बढेको हो ।

कोरोना जाँच गराउन गएपछि भीडका कारण टेकुमा सामाजिक र भौतिक दूरी भने पालना भएको छैन । जसका कारण अस्पतालबाहिरैबाट कोरोना संक्रमणको जोखिम बढेको छ ।

 

 

परीक्षण गर्न गेट बाहिर दिनहुँ लामो लाइन र भीड हुने गरेको अस्पतालले जनाएको छ ।

परीक्षण गर्न पुगेका मध्ये केहीले नजिकैको व्यक्तिमा कोरोना देखिएकाले जाँच गराउन आएको बताएका छन् भने केहिले भने घरबेटीले कोरोना रिपोर्ट मागेकाले परीक्षण गर्न आएको बताएका छन् ।

अस्पतालमा हालसम्म करिव २९ हजार बढीको कोरोना परीक्षण गरिएको छ ।खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*