नेकपा सचिवालय बैठक बालुवाटारमा, मन्त्री हेरफेरको मापदण्ड बनाउने तयारी

लोकखबर
६ आश्विन २०७७, मंगलवार १०:४५

मकवानपुर । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटरमा दिउँसो साढे १२ बजे सुरु हुने बैठकमा मन्त्री हेरफेरको मापदण्ड बनाउने विषयमा छलफल हुने भएको छ ।

 

बैठकले मन्त्री हेरफेर गर्न आवश्यक मापदण्ड बनाउन कार्यदल बनाउने वा अध्यक्षद्वयलाई जिम्मा दिने भन्ने निर्क्यौल गर्ने एक सचिवालय सदस्यले जनाएका छन् ।

आइतबार पेरिसडाँडामा बसेको बैठकमा पार्टीलाई सशक्त बनाउन आयस्रोत नभएका केन्द्रीय सदस्यलाई जीवीकोपार्जनमा सहज हुने गरी मासिक रकम दिने विषयसमेत छलफलमा आएको छ । यसबारे ठोस निर्णय भने भएको छैन ।

यस्तै आगामी चैतमा गर्ने भनिएको महाधिवेशनका लागि गर्नुपर्ने साठानिक एकताका बाँकी काम अघि बढाउन आवश्यक कामकारबाहीबारे पनि बैठकमा छलफल हुने नेताहरूले बताएका छन् ।खबरहब डटकमबाट

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*