सहकर्मीमाथि बलात्कारको आरोपमा काभ्रेमा तीन जना पक्राउ

लोकखबर
६ आश्विन २०७७, मंगलवार १२:०६

मकवानपुर । आफ्नै सहकर्मी महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले काभ्रेमा तीन जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार आफूलाई जबर्जस्ती करणी गरेको भनी पीडितले दिएको उजुरीका आधारमा तीन जनालाई पक्राउ गरिएको हो ।

 

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक, महाभारत गाउँपालिका–१ का २२ वर्षीय विशाल आले, मकवानपुरको हेटौँडाका २८ वर्षीय अमृत खड्का र भारतको पश्चिम बङ्गाल वीरभीमका २३ वर्षीय रघुनाथ मण्डल छन् ।

अभियुक्त युवाले रामेछापकी महिलालाई धम्की दिई पटकपटक जबरजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। आरोपित तीनै जना युवा पोल्ट्री फर्ममा काम गर्ने मजदुर हुन्।

खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*