कोरोना अपडेट : संक्रमितको संख्या ३ करोड १२ लाख, यस्तो छ सार्क राष्ट्रको तथ्यांक

मकवानपुर । विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ करोड १२ लाख नाघेको छ। मंगलबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ३ करोड १२ लाख २ सय २० जना संक्रमित भएको तथ्यांक रहेको छ।
संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ६८ लाख ३३ हजार ७ सय २२ पुगेको छ। त्यस्तै भारतमा ५४ लाख ८७ सय ५ सय ८०, ब्राजिलमा ४५ लाख ४४ हजार ६ सय २९ र रुसमा ११ लाख ५ हजार ४८ जनामा ंसंक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ९ लाख ६३ हजार नाघेको छ ।
पछिल्लो तथ्यांक अनुसार ९ लाख ६३ हजारको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकामा १ लाख ९९ हजार ८ सय १२, ब्राजिलमा १ लाख ३६ हजार ८ सय ९५ , मेक्सीकोमा ७३ हजार ६ सय ९७, बेलायतमा ४१ हजार ८ सय ७७, इटालीमा ३५ हजार ७ सय २४ जनाको मृत्यु भएको छ।
विश्वभर दुई करोड १३ लाख ५४ हजार ९ सय ८२ जना संक्रमणमुक्त भएका छन्।
मंगलबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ३९ लाख ६३ हजार ४ सय ४६, अमेरिकामा २६ लाख १५ हजार ९ सय ४९, रुसमा ९ लाख ९ हजार २६ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि ६५ हजार २ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ४७ हजार २ सय ३८ जना संक्रमणमुक्त भएका छन् भने ४ सय २७ जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या ५४ लाख ८७ सय ५ सय ८० पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ८७ हजार ८ सय ८२ पुगेको छ। भारतमा हालसम्म ४३ लाख ९६ हजार ३सय ९९जना संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म ३ लाख ६ हजार ३ सय ४ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ६ हजार ४ सय २० जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म २ लाख ९२ हजार ८ सय ६९ जना उपचारपछि निको भएका छन्।
बंगलादेशमा कोरोना संक्रमितको संख्या ३ लाख ५० हजार ६ सय २१ पुगेको छ। बंगलादेशमा हालसम्म ४ हजार ९ सय ७९ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा २ लाख ५८ हजार ७ सय १७ छ।
अफगानिस्तानमा संक्रमितको संख्या ३९ हजार ७४ पुगेको छ। अफगानिस्तानमा १ हजार ४ सय ४४ जनाको मृत्यु भइसकेको छ भने ३२ हजार ५ सय ७६ जना उपचारपछि निको भएका छन्।
माल्दिभ्समा संक्रमितको संख्या ९ हजार ७ सय ७० जना रहेको छ। मृत्यु हुनेको संख्या ३४ छ भने उपचारपछि निको हुनेको संख्या ८ हजार ३ सय ९० पुगेको छ ।
श्रीलंकामा संक्रमितको संख्या ३ हजार २ सय ९९ जना रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या १३ छ भने निको हुनेको संख्या ३ हजार १ सय रहेको छ।
भुटानमा संक्रमितको संख्या २६१ पुगेको छ। उपचारपछि निको हुनेको संख्या १९२ छ।
स्वास्थ्यखबर डटकमबाट