कान्ति बाल अस्पतालले विपन्न र बेवारिसे बालबालिकालाई आकस्मिक उपचार सेवा निस्शुल्क उपलब्ध गराउने

मकवानपुर । कान्ति बाल अस्पतालले गरिब, विपन्न, साथमा कोही नभएका, तेस्रो व्यक्तिले ल्याएका वा अप्ठ्यारोमा परेका बालबालिकालाई प्रारम्भिक चरणको आकस्मिक उपचार सेवा निस्शुल्क उपलब्ध गराउने भएको छ।
अस्पतालले आकस्मिक कक्षमा वा टिकट काउन्टर तथा सामाजिक सेवा एकाईमा सम्पर्क गर्न अनुरोध गरेको छ। सेवा लिनका बालबालिकाको अवस्था बताउने कागजातहरु भएमा पेस गर्नुपर्ने समेत अस्पतालले बताएको छ।
गरिब परिवार परिचयपत्र बाहक नेपाली नागरिक, स्थानीय पालिकाका सिफारिस पत्रबाहक, उपचार खर्च नभएका सेवाग्राही र साथमा कोही नभएका वा तेस्रो व्यक्तिले ल्याएका वा अप्ठ्यारोमा परेका सेवाग्राही, बेवारिसे व्यक्तिले यो प्रारम्भिक चरणको आकस्मिक सेवा प्राप्त गर्ने अस्पतालले जनाएको छ। अस्पतालका अनुसार प्रारम्भिक चरणको आकस्मिक सेवाको अवधि १ दिन अथवा २४ घण्टाका लागि मात्र हुनेछ।
कान्ति बाल अस्पतालका निर्देशक डा कृष्णप्रसाद पौडेलले सरकारको आर्थिक वर्ष २०७७र७८ नीति कार्यक्रममा उल्लेख भएको केन्द्रीय अस्पतालमा प्रारम्भिक चरणको आकस्मिक सेवा निस्शुल्क गराउने कार्यविधि अनुसार यस्तो सेवा सुरु गरेको बताए।
उनले भने, ‘अब कोही पनि बालबालिका पैसा नभएका कारण उपचारबाट बन्चित हुनुपर्ने छैन। बेवारिसे बालबालिकाको स्वास्थ्य उपचारका लागि सहज भएको छ।’स्वास्थ्यखबर डटकमबाट