नेपालमा थप पाँचजना कोरोना स‌ंक्रमितको मृत्यु

लोकखबर
७ आश्विन २०७७, बुधबार १२:३२

 

मकवानपुर । नेपालमा कोरोना संक्रमणका कारण पछिल्लो पटक थप ५ जनाको मृत्यु भएको छ। ललितपुर र बाँकेमा २र२ र मोरङमा एकजना संक्रमितको मृत्यु भएको हो। ललितपुर महानगरपालिका वडा नम्बर २४ धापाखेलका ८० वर्षीय पुरुषको उपचारका क्रममा मेघा अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ। उनी हिजो अस्पतालमा भर्ना भएका थिए। यस्तै ललितपुरकै अल्का अस्पतालमा आज विहान पाटनका ७४ वर्षीय पुरुष संक्रमितको मृत्यु भएको हो। यसैगरी बाँकेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत बर्दियाका ६४ वर्षीय पुरुषको हिजो मृत्यु भएको छ। स्वाथ्यमा समस्या आएपछि गत आइतबार अस्पतालमा भर्ना भएका उनमा सोमबार कोरोना पुष्टि भएको थियो। उनमा निमोनियाको पनि समस्या रहेको अस्पतालले जनाएको छ। भेरी अस्पताल बाँकेमा पनि कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। बारबर्दिया नगरपालिका ३ स्थायी ठेगाना भएका ३९ बर्षका पुरुषको उपचारका क्रममा आज विहान साढे १० बजे मृत्यु भएको हो। उनी निमोनियाबाट पिडित थिए। उनमा गत आईतबार कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ। झापा भद्रपुरका ८६ बर्षिय वृद्धको मोरङस्थित विराट शिक्षण अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख सुधिरसिंह राठौरले जानकारी दिए। उनका अनुसार कोरोना संक्रमण पुष्टि भएपछि वृद्धलाई उपचारका लागि गत असोज ३ गते आइसोलेसनमा भर्ना गरिएको थियो। त्यही दिन स्वाब संकलन गरेर परीक्षणका लागि पठाउँदा रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ। उनमा जटिल खालको निमोनिया, श्वासप्रश्वास तथा मृगौला सम्बन्धी समस्या रहेको थियो।
थाहा खबर डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*