गण्डकीमा थप २५ जनामा कोरोना संक्रमण
मकवानपुर । गण्डकी प्रदेशमा आज २५ जना कोरोना संक्रमित थपिएका छन्। क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा गरिएको परीक्षणमा प्रदेशका ७ जिल्लाका २५ जनामा संक्रमण पुष्टि भएको हो। कास्कीका ९, लमजुङका ५, तनहुँका ४, स्याङ्जाका ३, बाग्लुङका २, नवलपरासी पूर्व र म्याग्दीका एक-एक जन संक्रमित थपिएका गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ५ सय ४८ पुगेको छ। थाहा खबर डटकमबाट