सुनचाँदीको मूल्य घट्यो

मकवानपुर । नेपाली बजारमा बुधबार९आजण् पनि सुनचाँदीको मूल्य घटेको छ । मंगलबार तोलामा ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार तोलामा ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार पनि सोमबारको तुलनामा सुनको मूल्य १७ सय रुपैयाँ घटेको थियो ।
यस्तै बुधबार तेजावी सुन तोलामा ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको छ र चाँदीको मूल्य पनि घटेर तोलामा ११९० मा कारोबार भएको महासंघले जनाएको छ। मंगलबार चाँदीको मूल्य १२३० रुपैयाँ रहेको थियो ।