पहिरोले इस्कार्पियो पुरिदा एकजनाको मृत्यु , दुईजना घाइते

रामकुमार दानी
७ आश्विन २०७७, बुधबार १३:५०

मकवानपुर । मकवानपुरको इन्द्रसरोबर गाउपालिका वडा नमर २ को देउराली नजिक राती देखि परेको अबिरल बर्षा को कारण पहिरो खस्दा एउटा मोटरसाइकल र एउटा इस्कार्पियो गाडी पुरिएको छ । काठमाडौं बाट हेटौंडातर्फ आइरहेको मोटरसाइकल र गाडीलाई पहिरोले पुरिएको हो । पहिरोमा पुरिएको मोटरसाइकललाई तत्काल उद्दार गरि उपचारको लागि काठमाडौंं लगिएको जिल्ला प्राहरी कार्यलय मकवानपुरका प्रबक्ता इन्द्र बहादुर रानाले जानकारी दिए । मोटरसाइकलमा सबार दुई जनाको खुट्टामा चोट लागेको छ , इस्कार्पियो गाडी चालक बारा जिल्लाका पर्सौनी गाँउपालिका- ४ का ४० वर्षिय युनिस आलमको घटना स्थलमै मृत्यु भएको छ। बा १७ प ४८७४ नमरको स्कार्पियो पहिरोले पुरेपछी ढुङ्गाले च्यापिएरआलमकोे मुत्यु भएको प्रत्यक्ष दर्सी तथा मोतिदान कन्ट्रकसन्का प्रोजेक्ट म्यानेजर एस. के .ज्वाला कार्किले बताए। अहिले पहिरो पन्छाउने काम भैरहेको छ । इलाका प्रहरी कार्यलया भिमफेदीको प्रहरी र कुलेखानी ब्यारेकको आर्मी सहित मोतिदान कन्ट्रकसनको तिनवटा मेसिन प्रयोग गरि पहिरो पन्छाउने काम भैरहेको छ । लगातार भारी वर्षा भैरहेकोले पहिरो पन्चाउन अझै दुई घन्टा जति लाग्छ, कार्किले बताए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*