नेपाली भूमि अतिक्रमण गरेको भन्दै चिनियाँ दूतावास अगाडि युवाहरूको प्रदर्शन

लोकखबर
७ आश्विन २०७७, बुधबार १४:००

मकवानपुर । नेपाली भूमि अतिक्रमण गरेको भन्दै युवाहरूले काठमाडौँस्थित चिनियाँ दूतावास अगाडि प्रदर्शन गरेका छन् ।

 

 

‘सीमा अतिक्रमण बन्द गर’, ‘मिचिएको नेपाली भूमि फिर्ता गर’, ‘चिनियाँ साम्राज्यवाद मुर्दावाद’, ‘सीमा नाका खुला गर’ जस्ता नारा लेखिएका प्ले कार्ड बोकेका उनीहरूले चीनविरूद्ध प्रदर्शन गरेका हुन् ।

दर्जनौँको संख्यामा युवाहरू प्रदर्शन गर्दै चिनियाँ दूतावासअघि पुगेपछि उनीहरूलाई सुरक्षाकर्मीले रोकेका थिए । दूतावास क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

हुम्लाको नाम्खा गाउँपालिका ६ को लाप्चास्थित ललुङजम क्षेत्रमा नेपालीले समेत भोगचलन गर्दै आएको क्षेत्रमा चीनले भवनहरू बनाएको समाचार सार्वजनिक भएका छन् ।

नेपाली भूमि अतिक्रमण भएको खबर सार्वजनिक भएलगत्तै हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वको टोलीले स्थलगत अवलोकन पनि गरेको थियो ।

तर, चीनले भने नेपाली भूमि अतिक्रमण नगरेको बताइसकेको छ । नेपालस्थित चिनियाँ दूतावासले विज्ञप्ति जारी गर्दै उक्त भवनहरू बनाइएको क्षेत्र चीनकै भएको र नेपाली भूमि अतिक्रमण नभएको दाबी गरेको छ ।खबरहब डटकमबाट

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*