वर्षा र आश्मालाई फकाउँदै पल र सरोज

मकवानपुर । राजेन्द्र भट र ईश्वरी बरालको आवाजमा रहेको ‘नरिसाऊ न है’ बोलको गीत सार्वजनिक गरिएको छ । रोमान्टिक उक्त गीत युट्युबमार्फत मंगलवार सार्वजनिक गरिएको हो ।
गीतमा सरोज गैह्रे विवशले शब्द सिर्जना गरेका छन् भने राजेन्द्र भट्ट (मिस्टर आरजे) ले संगीत भरेका छन् ।
गीतको भिडियोमा पल शाह, वर्षा शिवाकोटी, सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय देख्न सकिन्छ । भिडियोमा सरोजले आश्मालाई र पलले वर्षालाई फकाउन गरेको प्रयास देखाइएको छ ।
अर्जुन तिवारीको टिमले छायांकन गरेको भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् ।खबरहब डटकमबाट