सोनु सुदले फेरि जिते दिल, ट्युमरपीडित बालिकाको गराए अपरेशन

लोकखबर
७ आश्विन २०७७, बुधबार १५:४४

मकवानपुर ।बलिउड कलाकार सोनु सुदले कोरोना महामारीका बेला सहयोगको हात अगाडि बढाएर फ्यानको मन जितेका छन् ।

लकडाउनका दौरान उनले प्रवासी मजदुरलाई उनको घरसम्म जाने व्यवस्था मिलाएका थिए । यसपटक उनले बिहारकी एक बालिकाको ट्युमरको अपरेशन गर्ने व्यवस्था मिलाएर वाहवाही कमाएका छन् ।

 

बिहारमा रहने दिव्या ट्युमरबाट पीडित थिइन् । उनकी दिदी नेहाले सामाजिक सञ्जालमार्फत अभिनेतालाई ट्याग गरेर सहयोग मागेकी थिइन् ।
उनले लेखेकी थिइन् कि, बहिनीको हालत खराब छ, सर्जरी गराउनुपर्ने देखिएको छ ।

लकडाउनका कारण दिव्याको उपचार हुन सकिरहेको थिएन । उनले सोनूसँग दिव्याको उपचारका लागि सहयोग गर्न मद्दत गरेकी थिइन् ।

यसको जवाफ दिँदै सोनू सुदले लेखे – तपाईंकी बहिनी मेरी पनि बहिनी हुन् । एक अस्पतालमा व्यवस्था गरिएको छ, अब उनको स्वास्थ्यको ख्याल गर्ने मेरो जिम्मेवारी हो ।

सोनूको पहलमा एम्स ऋषिकेशमा दिव्याको सफलतापूर्वक उपचार गरिएको छ । सोनूको यो सहयोगपछि फ्यानले सामाजिक सञ्जालमा उनलाई धन्यवाद व्यक्त गरेका छन् । खबरहब डटकमबाट

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*