चार किलोमा पहिरो : नारायणगढ-मुग्लिन सडक अवरुद्ध

लोकखबर
८ आश्विन २०७७, बिहीबार ११:०२

मकवानपुर ।लगातारको वर्षापछि पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका ६ स्थित चार किलोमा पहिरो जादाँ सडक अवरुद्ध भएको हो ।

 

बुधबार राति पुनः पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टले जानकारी दिए ।

ट्राफिक प्रमुख भट्टका अनुसार राति लेदोसहित पहिरो खसेको हो । सोही स्थानमा बुधबार दिउँसो ४:३० बजे पहिरो खसेको थियो। पहिरो पन्छाए साँझ ७ बजेपछि खुला भएको सडक पुनः पहिरोले पुरिएको हो ।

त्यसैगरी पृथ्वी राजमार्गको नारायणगढ-नौबिसे सडकखण्ड भने एकतर्फी खुलेको छ । उक्त सडकखण्डको कुरिनटारमा आएको पहिरो पन्छाएर बुधबार रातिबाट सडक एकतर्फी सञ्चालनमा आएको हो ।

लगातार पानि पर्न थालेपछि नारायणगढ-मुग्लिन सडक र पृथ्वीराजमार्गका विभिन्न ठाउँमा पहिरोले सडक अवरुद्ध हुँदै आएको छ।

खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*