चितवनमा १४३ जनामा कोरोना संक्रमण पुष्टि

मकवानपुर । चितवनमा १४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। चितवन मेडिकल कलेज भरतपुरमा गरिएको परीक्षणमा १४० र भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा ३ जना गरी १४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि हुनेमा चितवनका १२९ जना चितवन बाहिरका १४ जना रहेका छन् । चितवनका सबैभन्दा धेरै रत्ननगर नगरपालिकाका ७५ जना रहेका छन्। यस्तै भरतपुर महानगरपालिकाका ४५ जना, खैरहनी नगरपालिकाका ४ जना, कालिका र राप्ती नगरपालिकाका २–२ जना र माडी नगरपालिकाका एक जना रहेका छन् । यसैगरि नवलपरासी पूर्वका ९ जना, तनहुँ, लमजुङ, स्याङजा, बारा र मकवानपुरका एकरएक जना रहेका छन्।थाहाखबर डटकमबाट