भारतले पुनस्निर्माणमा सघाउन एक अर्बको चेक दियो

लोकखबर
८ आश्विन २०७७, बिहीबार १२:४४

 

मकवानपुर ।भूकम्पपछिको पुनस्निर्माणमा सघाउने भनी गरेको प्रतिबद्धता बमोजिम भारतले नेपाललाई एक अर्ब दुई करोड ९१ लाख रुपैयाँको चेक दिएको छ। भारतीय दूतावासकी डेप्युटी चिफ अफ मिसन नाम्ग्या खाम्पाले अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगानालाई मंगलबार सो चेक हस्तान्तरण गरेकी हुन्। भारतले आवास परियोजनाका लागि करिब १८ अर्ब रुपैयाँ (१५ करोड अमेरिकी डलर) अनुदान र सहुलियतपूर्ण ऋण दिने प्रतिबद्धता जनाएको थियो। नुवाकोट र गोरखामा ५० हजार घर बनाउन सहयोग प्रतिबद्धता जनाइएको भारतीय दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
थाहाखबर डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*