तीनदिन घटेको सुनको मूल्य ८ सयले बढ्यो, प्रतितोला ९३ हजार ९ सय कायम

लोकखबर
९ आश्विन २०७७, शुक्रबार १२:०२

मकवानपुर ।नेपाली बजारमा सुनको मूल्य बढेको छ । लगातार तीन गरी घटेको सुन शुक्रबार भने सामान्य महँगिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ तोलाको ८ सय रुपैयाँले बढेको छ । जसअनुसार छापावाल सुन प्रतितोला ९३ हजार ९ सय र तेजाबी सुन ९३ हजार ४ सय रुपैयाँ कायम भएको हो ।

पछिल्लो तीन दिनमा सुन ४१ सय रुपैयाँले सस्तिएको थियो ।

सुनको मूल्य बढ्दा आज चाँदी पनि ४० रुपैयाँ महँगो बनेको छ । तीन दिनमै दुई सय रुपैयाँ सस्तो बनेको चाँदी शुक्रबार तोलाको ११ सय ६० रुपैयाँ कायम भएको छ । बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*