बाँकेमा कोरोना संक्रमित एक पुरुषको मृत्यु

लोकखबर
९ आश्विन २०७७, शुक्रबार १२:३६

मकवानपुर । बाँकेमा कोरोना संक्रमणबाट थप एकजना पुरुषको मृत्यु भएको छ ।

निमोनिया भएपछि नेपालगञ्ज मेडिकल कलेजको कोहलपुरस्थित शिक्षण अस्पतालमा रहेको कोभिड आइसोलेसनमा भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका-३ एक्लैनीका ५२ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।

 

स्वासप्रस्वासमा समस्या भएपछि ती पुरुषलाई ६ असोज राति भर्ना गरिएको थियो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले घरपरिवार र नेपाली सेनासँगको समन्वयमा शव व्यवस्थापनको तयारी भइरहेको जानकारी दिए । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*