डा. केसीको जीवनरक्षा गर्न सरकारलाई आयोगको आग्रह

लोकखबर
९ आश्विन २०७७, शुक्रबार १५:०७

मकवानपुर । राष्ट्रिय मानवअधिकार आयोगले १२ दिनदेखि सत्याग्रहमा रहेका डा. गोविन्द केसीको जीवनरक्षा गर्न सरकारसँग आग्रह गरेको छ । आयोगले शुक्रबार एक विज्ञप्ति जारी गर्दै चिकित्सा शिक्षाजस्तो आधारभूत मानवअधिकारको विषयप्रति संवेदनशील हुन सरकारको ध्यानाकर्षण गराएको हो ।

डा. केसीको स्वास्थ्य अवस्था स्थिर रहेको, म्याग्नेसियम र ग्लुकोजको मात्रा कम हुँदै गएको, पटक-पटकको अनशनका कारण शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर रहेकाले संक्रमणको उच्च जोखिम रहेको अनुगमनका क्रममा पाइएको आयोगले जनाएको छ ।

‘‘आपसी विमतिका विषय वार्ता र संवादको माध्यमबाट समाधान गर्न तथा आमरण अनशनजस्तो जीवन नै जोखिममा पर्नसक्ने जटिल विकल्प नरोज्न पनि आयोगले सम्बन्धित पक्षलाई आग्रह गर्दछ,’’ विज्ञप्तिमा उल्लेख छ । डा. केसीसँग विगतमा भएका सम्झौताहरुको कार्यान्वयन स्थिति सार्वजनिक गर्न पनि आयोगले सरकारलाई आग्रह गरेको छ ।

भदौ २९ गते जुम्लामा सत्याग्रह सुरु गरेका डा. केसी हाल त्रिवि शिक्षण अस्पतालमा छन् । बिहीबार नेपाल चिकित्सक संघले डा. केसीको जीवनरक्षाको मागसहित आयोगमा ज्ञापनपत्र बुझाएको थियो ।बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*