डा. केसीका माग पूरा गरी जीवनरक्षा गर्न भन्दै स्वास्थ्य मन्त्रालयमा बुझाइयो ज्ञापनपत्र

लोकखबर
९ आश्विन २०७७, शुक्रबार १५:२३

मकवानपुर । त्रिवि शिक्षण अस्पतालमा सत्याग्रहमा रहेका डा. गोविन्द केसीको माग पूरा गरी जीवनरक्षाका लागि सोलिडारिटी फर डा. केसी अलायन्सले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ज्ञापनपत्र बुझाएको छ ।

अलायन्सले स्वास्थ्यमन्त्री भानुभक्त ढकालको सचिवालयमा ज्ञापनपत्र बुझाएको जनाएको छ । अलायन्सका प्रितम सुवेदीले भने, ‘‘डा. केसीका माग पूरा गरेर जीवनरक्षा गर्ने सम्बन्धमा पहल गरिदिन स्वास्थ्यमन्त्रीको सचिवालयमा ज्ञापनपत्र बुझाएका छौं ।’’

बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*