मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै

लोकखबर
११ आश्विन २०७७, आईतवार १०:४२

मकवानपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् ।

बैठक मध्यान्ह १२ बजेका लागि बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए।

 

सामान्यतयाः मन्त्रिपरिषद बैठक सोमबार बस्छ । तर आज प्रधानमन्त्रीले आकस्मिक रुपमा बोलाएका छन् । ती मन्त्रीले भने, ‘आइतबार बैठक बोलाउनुपर्ने त्यस्तो विशेषत केही थिएन। त्यसमा पनि राति नै खबर आएको छ । प्रधानमन्त्रीले केही अपरझट परेर नै बोलाउनुभएको होला।’

गत आइतबार नेकपा सचिवालयमा मन्त्रिपरिषद पुनर्गठन गर्ने विषयमा छलफल भएकाले आजको बैठकमा यही विषयमा छलफल हुनसक्ने उनले बताए ।खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*