मामाघरलाई जेसीआई हेटौंडा लेडीको दुई थान दराज
मकवानपुर । जेसीआई हेटौंडा लेडीले सडक बालकलाई उद्दार गरी संरक्षण प्रदान गर्दै आइरहेको हेटौंडा-११, डाङ्डुङ्गेस्थित मामाघर नेपाललाई दुई थान दराज सहयोग गरेको छ ।
विभिन्न सामाजिक अभियान संचालन गर्दै आइरहेको जेसीआई हेटौंडा लेडीले कोरोना कहरकैबीच मामाघर नेपाललाई दराज सहयोग गरेको हो ।
जेसीआई हेटौंडा लेडीकी अध्यक्ष सुशीला पौडेलको अध्यक्षता एवं मामाघर नेपालको संरक्षक अर्पण पराजुलीको प्रमुख आतिथ्यमा सहयोग हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा जेसीआई हेटौंडा लेडीका पूर्वअध्यक्षहरु अस्मिता श्रेष्ठ, रश्मी बस्नेत लगायतको उपस्थिती थियो ।
सडकबाट उद्दार गरिएका बालकलाई संरक्षण प्रदान गरी उनीहरुको भविष्य निर्माणका लागि सघाउ पुर्याई रहेको मामाघरलाई दराज आवश्यक परेको थाहा पाएर आफूहरुले दुई थान दराज सहयोग गरिएको कार्यक्रमकी संयोजक दिलमाया घर्तीले बताइन् । उनका अनुसार जेसीआई हेटौंडा लेडीले यसअघि जेसीज सप्ताह अन्तर्गत विभिन्न सामाजिक कार्य गरेको छ ।
लेडीले सोमबार दिव्यसेवा निकेतनमा एक कार्यक्रमको आयोजना गर्दै खाना र खाजा सहयोग गरेको थियो ।
जेसीआई हेटौंडा लेडीका अध्यक्ष सुशीला पौडेलले कोरोनाका कारण अझै कतिपय सामाजिक अभियानलाई प्रभाव पारेकाले आगमी दिनमा योजना अनुसारका कार्यलाई अगाडी बढाउने जानकारी दिइन् ।











































