निर्माणाधीन धरहराको १५ औं तला ढलान सम्पन्न

लोकखबर
११ आश्विन २०७७, आईतवार १२:०३

मकवानपुर । निर्माणाधीन ऐतिहासिक धरहराको उचाइमा एक तला थप भएको छ । नेपाल पुनर्निर्माण प्राधिकरणका अनुसार १५ औं तलाको ढलान भर्खरै सम्पन्न भएको छ । धरहरा २२ तलाको बन्ने छ ।

प्राधिकरणका अनुसार धरहरा पुनःनिर्माणको काम पनि तीव्ररूपमा भइरहेको छ । हालसम्म ४२ दशमलव पाँच प्रतिशत काम सकिएको छ । नेपाली र केही भारतीय नागरिकसहित दैनिक १५० कामदार नियमितरूपमा निर्माणका लागि खटिएका भए पनि पछिल्लो समय कारोना भाइरसका कारण निर्माण सामग्री र कामदारको समेत अभाव भएपछि निर्माणको काम तोकिएको समयभन्दा पर धकेलिएपछि समय थप गर्न लागिएको छ ।

निर्माण कम्पनीले दुई वर्षको लागि समय माग गरेको छ । तर कति थप्ने भन्ने विषय छलफल भइरहे पनि एकिन भएको छैन ।

दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी रमन कन्सट्रक्सनले धरहराको पुनःनिर्माण सुरू गरेको छ ।

११ तले धरहरा विसं १९९० को भूकम्पको कारण क्षतिग्रस्त भएपछि नौ तलामा सिमित भएको थियो । सो ऐतिहासिक धरहरा सन् १८३२ मा भीमसेन थापाले निर्माण गरेका थिए । निर्माधिन धरहरा बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री हुने र त्यहाँ आउने अवलोकनकर्ता सवारी साधनको व्यवस्थित पार्किङ गर्न सकिने गरी पुननिर्माण भइरहेको छ ।

निर्माणको लागि जम्मा अर्ब ४८ करोड लाग्ने जनाइएको छ ।बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*