सेनामा कोरोना संक्रमितको संख्या २२ सय पुग्यो, २ जवानको मृत्यु

मकवानपुर । नेपाली सेनामा कार्यरत २२ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार संक्रमितमध्ये ५ सय ६४ जना डिस्चार्ज भएका छन् ।
कोरोना संक्रमणकै कारण हालसम्म २ जना सैनिकको ज्यान गएको छ । सेनाले कोरोनाविरुद्धको अभियानमा अग्रमोर्चामा रहेर काम गर्दै आएको छ ।
क्वारेन्टिन, आइसोलेसन, संक्रमितको शव व्यवस्थापनलगायतमा सेना सक्रिय रहँदै आएको छ ।बाह्रखरी डटकमबाट