सुनको मूल्य घटेको घट्यै, तोलाको ९३ हजार ३ सय कायम

लोकखबर
११ आश्विन २०७७, आईतवार १२:२८

मकवानपुर । सुनको मूल्य घट्ने क्रमले आइतबार पनि निरन्तरता पाएको छ । आइतबार छापावाल सुन तोलाको ६ सय रुपैयाँले सस्तो बनेर ९३ हजार ३ सयमा आइपुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार बढेको सुन आइतबार फेरि सस्तिएको हो । तेजाबी सुन पनि ६ सयले नै सस्तो बनेर प्रतितोला ९२ हजार ८ सयमा पुगेको छ ।

सुनको मूल्य घट्दा चाँदी पनि तोलाको १० रुपैयाँ सस्तो बनेर प्रतितोला ११ सय ५० रुपैयाँ कायम भएको छ ।बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*