भीमफेदी-कुलेखानी सडक पूर्ण रुपमा बन्द

मकवानपुर । संघीय राजधानी काठमाडौबाट बागमती प्रदेशको राजधानी हेटौंडा आवत जावत गर्ने सबैभन्दा छोटो बाटो कुलेखानी भीमफेदी पूर्ण रुपमा बन्द रहेको छ ।
तीन दिन देखिको लगातारको वर्षाका कारण भीमफेदीदेखि कुलेखानीसम्म ठाउँ–ठाउँमा गएको पहिरोको कारण बाटो पूर्ण रुपमा बन्द भएको हो । साइड इन्जिनियर आन्तोन नेपालले जानकारी दिए ।
नेपालीहरुको माहान चाड दशैं नजिकिदै गर्दा यो बाटोमा यातायातको चाप बढ्ने क्रम जारी छ । फेरी अस्तिको जस्तो दुःखद घटना नघटोस यात्रा गर्न सहज होस भनेर पुरै यातायात बन्द गरेर इन्जिनियरिङ नियम अनुसार बाटोमा खसेको पहिरो पन्छाउन लागिरहेको नेपालले बताए ।
ट्रयाक मात्र खोलेर यातायात सुचारु गर्दा धेरै जोखिम हुने भएको हुँदा यातायात नै पूरै बन्द गरेर बाटोको माटो पन्छाउने काम गरिरहेको इन्जिनियर नेपालले जानकारी दिए ।
हिजोसम्म एकतर्फी यातायात सन्चालन गरेर पहिरो पन्छाउने काम भएको थियो । यसो गर्दा झन बढी जोखिम देखिएकोले बाटो नै बन्द गर्नुपरेको सडक निर्माणमा जुटिरहेको मोतिदान कन्ट्रक्सनका प्रोजेक्ट म्यानेजर एसके ज्वाला कार्कीले लोकखबरलाइ जानकारी दिए । ‘साइडमा इन्जिनियरसहित विज्ञ बसेर भोली फेरी त्यस्तो विपत्ति नआओस् भनेर पूरै यातायात बन्द गरेको म्यानेजर कार्कीले भने तीन चारवटा मिसिनको प्रयोग गरेर जति सक्दो छिटो बाटो खुलाउन लागिरहेको छौं । सम्भवत भोलि बेलुकासम्ममा खुल्नसक्छ ।’ कार्कीले भने ।