प्रधानमन्त्रीको रुचि : रेल र पानीजहाज मन्त्रालय छुट्टै बनाउँ

लोकखबर
११ आश्विन २०७७, आईतवार १३:४८

मकवानपुर ।रेल र पानीजहाजको महत्त्वाकांक्षी योजना सुनाएर नथाक्ने प्रधानमन्त्री केपी शर्मा ओलीले छुट्टै मन्त्रालय बनाउने तयारी गरेका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई टुक्रयाएर भौतिक अलग्गै, यातायात, रेल्वे, पानीजहाज र नदी नियन्त्रण छुट्टै मन्त्रालय बनाउने तयारी गरेको एक स्थायी कमिटी सदस्य दाबी गर्छन् । संविधानमा मन्त्रालयको संख्या २५ भन्दा बढी नबढाउन नमिल्ने बाध्यकारी प्रावधान छ । अहिले १९ वटा पूर्ण र ३ वटा राज्यमन्त्री छन् ।

अर्थमन्त्री युवराज खतिवडा बहिर्गमित भएकाले प्रधानमन्त्री ओलीले आफैंसँग राखेका छन् । सहरी विकास भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले सम्हालिरहेका छन् । सूचना तथा सञ्चारमन्त्री पनि प्रधानमन्त्रीकै भागमा छ ।

तीबाहेक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अलग-अलग बनाउने कुरा पनि चलिरहेको छ । मौजुदा मन्त्रालयमा कृषि तथा पशुपन्छी विकास, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, ऊर्जा तथा जलस्रोत मन्त्रालय टुक्रयाउन मिल्नेछन् ।

यीमध्ये केही मन्त्रालय टुक्र्याएर २५ वटै बनाउने र आकांक्षीहरूलाई जिम्मेवारी दिन लागिएको स्रोतको दाबी छ । बालुवाटारमा अहिले मन्त्रिपरिषद् बैठक जारी छ । आकस्मिक रूपमा बोलाइएको मन्त्रिपरिषद् बैठकले मन्त्रालय टुक्र्याउने सम्भावना रहेको स्रोतको दाबी छ ।

नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले आजभोलि नै मन्त्रिपरिषद् पुनर्गठन हुने जिकिर गरेका छन् । आज बिहान प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो । भेटमा मन्त्रिपरिषद् पुनर्गठनबारे नै छलफल भएको प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटा जुगलले जानकारी दिए ।

पूर्वएमालेमा कृष्णगोपाल श्रेष्ठ, कृष्ण दहाल, गणेश ठगुन्ना, प्रेम आले, विशाल भट्टराई, विरोध खतिवडा, यज्ञराज सुनुवारलगायतको नाम चर्चामा छ । पूर्वमाओवादी केन्द्रबाट पम्फा भुसाल, जनार्दन शर्मा, देवेन्द्र पौडेल आदिको नाम चर्चा छ । पूर्वएमालले अधिकांश नयाँ अनुहार छान्ने स्रोतको दाबी छ । बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*