कोशी अस्पतालमा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि
मकवानपुर । विराटनगरको कोशी अस्पतालमा मृत्यु भएका सुनसरीको दुहवी नगरपालिका–५ का ६० वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
मृत्युपछि स्वाब संकलन गरेर कोशी अस्पतालकै प्रयोगशालामा पीसीआर परीक्षण गराउँदा पुरुषमा संक्रमण देखिएको हो।
पुरुषलाई सोमबार दिउँसो २:४५ बजे अस्पतालको आइसोलेसनमा उपचारका लागि भर्ना गरिएको थियो। उनको केही बेरमै मृत्यु भएको थियो।
अस्पतालका आइसोलेसन संयोजक एवं वरिष्ठ फिजिसियन डा. लक्ष्मीनारायण यादवका अनुसार पुरुषको दिउँसो ३:०५ बजे मृत्यु भएपछि स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा राति ८ बजेतिर रिपोर्ट पोजिटिभ आएको हो।
पुरुषमा ज्वरो, खोकी र श्वासप्रश्वासमा लगायत कोरोनासँग मिल्ने लक्षण रहेको उनले बताए।
मृतकमा कुनै दीर्घ रोग रहेको जानकारी नभएको डा.यादवले जानकारी दिए।खबरहब डटकमबाट