आज विश्व मुटु दिवस, जनसंख्याको २५ प्रतिशत मानिसमा मुटुको समस्या

लोकखबर
१३ आश्विन २०७७, मंगलवार १३:४८

मकवानपुर ।आज विश्व मुटु दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।

सन २००० देखि सेप्टेम्बरको अन्तिम आईतवारलाई विश्व मुटु फेडेरेशन र विश्व स्वास्थ्य संगठनले विश्व मुटु दिवसका रुपमा मनाउन थाले पनि गतवर्षदेखि सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रुपमा मनाउन लागिएको हो । नेपालमा पनि मुटुरोगका बिरामी अत्याधिक बढदै गएका कारण बिभिन्न चेतनामुलक कार्यक्रम गरी मुटुदिवस मनाइने गरिन्छ ।

 

नेपाल ह्दयरोग निवारण प्रतिष्ठानले नेपालको कुल जनसंख्याको २५ प्रतिशत अर्थात् करिब ७५ लाख जनता मुटु रोगी भएको अनुमान गरिएको छ । नेपालमा करिब ३० प्रतिशत वयस्क जनतालाई उच्च रक्तचाप छ ।

२० प्रतिशतलाई कोलेस्टेरोल छ । १० प्रतिशतलाई मधुमेह छ । धुमपान तथा मध्यपान सेवन नगर्ने, चिल्लो, पिरो बोसो, भुटेका, तारेका खानेकुरा नखाने, सकभर मासु कम खाने, सागपात खाने र दैनिक शारीरिक व्यायम गर्ने हो भने मुटु रोगबाट बच्ने सकिने चिकित्सकको भनाइ छ । खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*