सुशान्त मृत्यु प्रकरण :न्यायको माग्‍दै सुशान्तका साथीहरु भोक हड्तालमा बस्‍ने

लोकखबर
१३ आश्विन २०७७, मंगलवार १५:०४

मकवानपुर । अभिनेता सुशान्तसिंह राजपुतको मृत्यु भएको करिब चार महिना हुन लागिसकेको छ । उनी १४ जुनमा बान्द्रास्थित आफ्नै अपार्टमेन्टमा झुन्‍डिएको अवस्थामा फेला परेका थिए । उनको मृत्युको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) ले गरिरहेको छ ।

मृत्युको यति लामो समय बित्‍दा पनि उनको मृत्युको गुत्थी पत्ता लागेको छैन । जसले उनका परिवार र साथीभाइहरुमा झनै अशान्ति सिर्जना हुन थालेको छ । यही अशान्तिको परिणाम स्वरुप सुशान्तका दुई साथी भोक हड्तालमा बस्‍ने भएका छन् ।
सीबीआईबाट केही खबर नआएपछि न्यायको माग गर्दै उनका दुई साथी गणेश हिवरकर र अंकित आचार्य २ अक्टोबरदेखि भोक हड्तालमा बस्‍ने भएका हुन् ।

सुशान्तका साथी गणेश हिवरकरले इन्स्टाग्राममा एक भिडियोम सेयर गर्दै यसबारे जानकारी दिएका हुन् । गणेश र अंकित दुवै भएको उक्त भिडियोमा भनिएको छ, “हामी सुरुदेखि नै सुशान्तसिंह राजपुत हत्याको मुद्दामा न्यायको माग गर्दै आएका छौं । तर विगत केही दिनदेखि सीबीआईबाट कुनै अपडेट आएको छैन । नार्कोटिक कन्ट्रोल ब्युरो (एनसीबी) ले आफ्नो कामअनुरुप लागुऔषध मुद्दामा अनुसन्धान गरिरहेको छ । हामी ड्रग माफियाको पनि अन्त्य चाहन्छौं । ईडीले पनि आफ्नो काम गरिरहेको छ । तर हामी सुशान्तका लागि न्याय चाहन्छौं । यस सम्बन्धमा सीबीआईबाट कुनै अपडेट आएको छैन ।”

यदि प्रहरीबाट अनुमति मिल्यो भने दिल्लीको राजघाट अथवा मुम्बईमा भोक हड्तालमा जाने उनीहरुले बताएका छन् । “त्यसकारण हामी अक्टोबर २ बाट ३ दिनको भोक हड्तालमा जानेछौं । यदि प्रहरीको अनुमति मिल्यो भने हामी राजघाटबाहिर भोक हड्ताल गर्नेछौं । यदि दिल्ली प्रहरीबाट अनुमति मिलेन भने मुम्बई प्रहरीको अनुमति लिएर हामी मुम्बईमा गर्नेछौं । यदि मुम्बई प्रहरीबाट पनि अनुमति मिलेन भने हामी आफ्नै घरमा बस्‍नेछौ,” उनले भने ।

उनीहरुले उक्त भिडियो पीएम नरेन्द्र मोदी, अभिनेत्री कंगना रनौट, अभिनेता रवि किशन, मनोज तिवारीलगायतलाई पनि मेन्सन गरेका छन् ।बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*