सोनु सुदलाई यूएनडीपीद्वारा विशेष मानवीय कार्य पुरस्कारबाट सम्मान

लोकखबर
१३ आश्विन २०७७, मंगलवार १५:१७

मकवानपुर । कोभिड-१९ महामारीको सुरुवातदेखि निःस्वार्थ रुपमा करोडौंको सहयोगी हात बनेका अभिनेता सोनु सुदलाई संयक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) द्वारा प्रतिष्ठित ‘एसडीजी’ विशेष मानवीय कार्य पुरस्कारबाट सम्मानित गरिएको छ ।

सोमबार साँझ भएको भर्चुअल समारोहमा उनलाई उक्त अवार्ड प्रदान गरेको घोषणा गरिएको हो । यस प्रतिष्ठित अवार्ड प्राप्त गरेका अभिनेता सोनु भन्छन्, “यो दुलर्भ सम्मान हो । यूएनको मान्यता विशेष छ । मैले विनाकुनै आशा राखी देशवासीका लागि थोरै केही गरेको छु । यो मान्यता र अवार्डबाट सम्मानित हुन पाउँदा खुसी लागेको छ । २०२० एसडीजी हासिल गर्ने यूएडीपीको प्रयासमा म पूर्ण समर्थन गर्दछु । यो लक्ष्यको कार्यान्वयनबाट पृथ्वी र यहाँका मानवजातिको भलाइ हुनेछ ।”

सोनुका साथै यूएडीपीका विभिन्‍न प्रतिष्ठित पुरस्कारबाट सम्मानित भइसकेका अन्य कलाकारको सूचीमा बलिउड अभिनेत्री प्रियंका चोपडाका साथै हलिउड कलाकारहरु एन्जेलिना जोली, डेभिड बेकहम, लियोनार्डो डिक्याप्रियो, एम्मा वाटसन, लियाम निसन, क्याट ब्लान्सेट, एन्टोनियो बान्डेरास र निकोल किडम्यान पनि समावेश छन् ।

अभिनेता सुदले यसअघिसम्म आफ्नो अभिनय क्षमताका लागि प्रशंसा पाइरहेका थिए । तर यूएनडीपीले अभिनेताको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै सराहना गरिएको मानवीय कार्यलाई पहिचान गरेको छ ।

अभिनेता सुदले भारत लकडाउन भएको अवस्थामा मुम्बईमा रहेका लाखौं आप्रवासीलाई आफ्नो घर पुर्‍याएका छन्, त्यस्तै अन्य भूगोलमा फसेका हजारौं विद्यार्थीलाई घर फर्किन मद्दत गरेका छन् । साना विद्यार्थीलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउने र खाँचोमा परेकाहरुलाई निःशुल्क रोजगारीको अवसर सिर्जना गर्न सहयोग पुर्‍याएका छन् ।बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*